बिहीबार, साउन ९, २०८२

आजको मौसम- पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा   चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली  रहनेछ। 

सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ। आगामी केही दिन  देशका पहाडी भू-भागमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ। 

प्रकाशित: Mar 12, 2023| 06:19 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्