धनगढी- कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरमा एक जनाको शव फेला परेको हो।
लक्ष्मी सामुदायिक वनमा करिब ६० वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।
शनिबार बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।