आइतबार, असार ८, २०८२

आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति 

बैतडीमा आगलागी भएको छ।
 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

बैतडी- बैतडीमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको हो। शुक्रबार राति पौने नौ बजेतिर पसलमा आगलागी भएको बताइएको छ।

आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मेलौली जनाएको छ। आगलागीबाट पसलमा भएका सबै सरसमान जलेर नष्ट भएका बताइएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 11, 2023| 13:44 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्