आइतबार, असार ८, २०८२

आजदेखि नियमित उडान गर्दै श्री एयरलाइन्स

प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको शुक्रबार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय भएको हो।
 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेपछि आजदेखि पुन: नियमित उडान थालेको छ।

प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको शुक्रबार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय भएको हो।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले शुक्रबार बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो।

प्राधिकरणले शुक्रबार उडानमा रोक लगाएपछि पूर्वनिर्धारित सबै १४ उडान स्थगित भएका थिए। जसबाट करिब दुई हजार यात्रु मर्कामा परेको कम्पनीले जनाएको छ।

बिहीबार काठमाडौँबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो। श्री एयरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन्। तीमध्ये चार वटा मात्रै सञ्चालनमा छन्।

प्रकाशित: Mar 11, 2023| 08:39 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्