विराटनगर- मोरङ प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
नगद ४ लाख ७५ हजार सहित विराटनगर महानगरपालिका १६ सुँडी बस्तीका ३१ वर्षीय धर्मानन्द साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
विराटनगर महानगरपालिका वडा नं–६ मा को २९ प ९७३९ नम्बरको मोटरसाइकलमा सवार साहलाई चारलाख ७५ हजार सहित विभिन्न बैंकको चेक, एटिएम कार्ड, भौचर र मोबाइल बरामद गरेको उनले बताए।
पक्राउ परेका साहलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला अदालतबाट हुन्डी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप भएको दाहालले बताए।