काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ७ र ८ नम्बर वडास्थित सीमामा रहेको टार खेत। विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच यही टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा हालसम्म पनि नापनक्सा हुनसकेको छैन।
यही टार खेतको बीचबाट मध्यपहाडी लोकमार्ग लगिएको छ। तस्बिर : राजकुमार पराजुली/रासस