आइतबार, असार ८, २०८२

फलेवास-९ का वडा अध्यक्षको तलब स्थानीयलाई

 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

पर्वत- पर्वतको फलेवास नगरपालिका-९ का वडाअध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गरेका छन्।

गत स्थानीय चुनावमा वडाअध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाअध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन्।

उनले तलबबापतको  एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम तीन हजारदेखि १० हजारसम्म वितरण गरेका हुन्।

उनले भने, ‘मैले यसअघि गरेको प्रतिबद्धता अनुसार  मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु। अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु।’

प्रकाशित: Mar 10, 2023| 20:45 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्