काठमाडौं– गृह मन्त्रालयले पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समिति बैठकले पाँच डीआईजीलाई एआईजी बढुवामा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुने डीआईजीमा क्रमशः वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य छन्। नेपाल प्रहरीमा पाँच एआईजीको पद लामो समयसम्म रिक्त रहे पनि बढुवा हुन सकेको थिएन।
गृह मन्त्रालयसमेतको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआईजीलाई बढुवा सिफारिस गरेको हो।