सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • क्याम्पसका पपुलर विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी

क्याम्पसका पपुलर विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी

नेविसंघका कृष्णप्रसाद सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए बिद्रोह गर्ने चेतावनी दिएका छन्।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- नेविसंघका कृष्णप्रसाद सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए बिद्रोह गर्ने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेविसंघ भेलाले स्भाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए बिद्रोह गर्ने चेतावनी दिएको हो। 

त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको दावेदार रहेकी पदमा भुसालको सभापतित्वमा कार्यक्रम गरेर गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न भन्दै देशभरीको क्याम्पसमा बिद्रोह गर्ने संकेत सो समूहले गरेको हो। 

भेलालाई सम्बोधन गर्दै लामो समयदेखि संगठन भनेर दुख गरेको विद्यार्थीलाई कम आक्ने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघ पूर्व केन्द्रिय सदस्य नवराज त्रिपाठीले दिए।  आफूले विधान कार्यन्वयन हुनुपर्छ भन्दै संगठनभित्र ३२ वर्षे उमेरहद लागु गराउन आमरण अनसन समेत बसेको स्मरण गर्दै उनले विधान र विद्यार्थीको हित विपरीत हुने सबै कुकृत्यको खुलेर प्रतिवाद गर्ने बताए। 

‘विद्यालय गएर नेपालको वास्तविक नक्सा सिकाउने अभियान, चिनौँ सिमाना जोगाऔँ माटो, मास्क मुभमेन्ट, टपर्स जस्ता दर्जनौ क्रियटिभ कार्यक्रम गरेको, विधान कार्यन्वयन गर्न आमरण अनसन बसेको समूहलाई कम आक्ने काम भयो र यदि बजारमा सुनेको हल्ला जस्तै अन्य कुनै दलसँग मिलेर स्ववियू निर्वाचनमा भाग लिए हरेक क्याम्पसमा हाम्रो स्वतन्त्र उम्मेदवार हुन्छन्,’ त्रिपाठीले भने।  

नेविसंघका पूर्वमहामन्त्री तथा बाग्मती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा कांग्रेस बाग्लुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्वमहामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय  सदस्य नवराज त्रीपाठी, युवा नेता इन्दु शर्मा, लिला बल्ल दाहाल, दिपेन्द्र क्षेत्री, सुशिल भट्ट,  दिपक ओझा, निराजन शाही, मनिष रायमाझी, राजकुमार उप्रेति, महेश पौडेल, शुभास घिमिरे, प्रशान्त लामिछाने, विनोद बराललगायतका उपत्यकाका अन्य सयौँ नेताकार्यकर्ता सहभागी भएको नेविसँग नेता मनिस सिम्खडाले बताए।
 

प्रकाशित: Mar 10, 2023| 10:36 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्