मंगलबार, वैशाख १६, २०८२

साढे २ किलो चरेससहित रुपन्देहीबाट  एक महिला पक्राउ

साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

बुटवल- साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो।

बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।

शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: Mar 10, 2023| 07:50 शुक्रबार, फागुन २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।