सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रपतिमा पौडेलको जितसँगै गठबन्धन समृद्धिको यात्रामा अघि बढ्यो- नेता महर

राष्ट्रपतिमा पौडेलको जितसँगै गठबन्धन समृद्धिको यात्रामा अघि बढ्यो- नेता महर

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएसँगै निर्वाचन अघिको गठबन्धन समृद्धिको यात्रामा अगाडि बढेको बताएका छन्।

चुनावअघि संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर चुनावी तालमेलमा होमिएको गठबन्धन विचमा केही विचलित भए पनि फेरि सही बाटोमा हिँडेको बताए।

'मुलुकको समृद्धि नचाहने तत्वले विचमा खेल्न खोजे। आत्तिएकाहरूले गठबन्धनलाई टुटाएर मुलुकमा अस्थिरता सिर्जना गर्नखोजे। तर, अन्तत्वगत्वा सत्यको जित भएको छ। संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर जनतासामू मिलेर काम गर्ने वाचा गरेको गठबन्धन पुन: एक ठाउँमा उभिएको छ। अब पक्कै पनि मुलुकले अपेक्षित गति लिने छ,' महरले भने। जनताले यही गठबन्धनलाई मिलेर जान म्यान्डेट दिएको हुनाले त्यो भन्दा दाँयाबाँया गर्न नहुने तर्क गरे।

लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्‍याएको योगदानको चर्चा गर्दै महरले सच्चा र आदर्श राजनीतिज्ञको आज उपयुक्त सम्मान भएको बताए। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो।

प्रकाशित: Mar 09, 2023| 20:32 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्