सोमबार, असार ९, २०८२

नेपाल टेलिकमले ल्यायो विन्टर अफर

 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं- सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विन्टर अफर २०७९ अन्तर्गत सजिलो प्रिपेड कम्बो प्याक सञ्चालन गरिरहेको छ। यसअन्तर्गत रु. १९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी डेटा, भ्वाइस र एसएमएसको अफर दिइएको हो।

कम्पनीका अनुसार यो प्याक लिने ग्राहकले २८ दिनका लागि कूल ४२०० एमबी डेटा (प्रतिदिन १५० एमबीसम्म), ४२० मिनेट भ्वाइस (अल नेट- प्रतिदिन १५ मिनेटसम्म) र ४२० एसएमएस (अल नेट- प्रतिदिन १५ एसएमएससम्म) को सुविधा पाउनेछन्।
सेवा लिन ग्राहकले मोबाइलमा *१४१५*२*३# डायल गर्नुपर्ने छ। साथै टेलिकमको मोबाइल एपबाट समेत यो प्याक एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: Mar 09, 2023| 19:30 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्