रौतहट- रौतहटको मौलापुर नगरालिकास्थित होलि पर्व मनाउने क्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर चोट लागेका एक जनाको मृत्य भएको छ। मृत्यु हुनेमा मौलापूर ६ पथरा बुधरामका २० वर्षीय नरेश महतो रहेको प्रहरीले जनाएको छ।
हिजो बुधबार होली मनाउने क्रममा नरेश महतो पक्ष र सञ्जय महतो पक्ष बीच भनाभन हुदै कुटपिट भएको थियो। कुटपिटको क्रममा नरेश महतोको पेटमा चोट लागेर स्थानीय अस्पतालमा उपचार भइरहेको थियो।
आज बिहान महतोको अवस्था गम्भिर हुँदा एम्बुलेन्सबाट थप उपचारको लागि वीरगन्ज तर्फ लाग्ने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलपुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले बताएका छन्।
नरेश महतोको मृत्युपछि आरोपी सञ्जय महतो सहित घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमूख डिएसपि छेदीलाल कामतीले बताएका छन्। मृतक महतोको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटना बारे थपअनसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।