शनिबार, वैशाख २०, २०८२

चैतदेखि घट्दै बैंकको ब्याजदर

उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याज घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएपछि बैंकर्स संघ सामान्य अंकले ब्याजदर घटाउने निर्णयमा पुगेको हो।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं– वाणिज्य बैंकहरुले आगामी चैतदेखि  ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन्। बिहीबार बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो।

आगामी १ चैतदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघ अध्यक्ष सुनिल केसीले जानकारी दिए। संघ ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको उनको भनाइ छ।

हाल बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए। अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन्। 

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ देखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन्। यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो।

मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ। हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्। यस्तै, संस्थागततर्फ ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ।

Metro Mart
worldlink

उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संघ–संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन्। चौतर्फी दबाब बढेपछि बैंकर्स संघले सामान्य अंकले मात्रै ब्याजदर घटाउने निर्णय गरेको हो।

प्रकाशित: Mar 09, 2023| 13:40 बिहीबार, फागुन २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्