सोमबार, असार ९, २०८२

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउँदै आएकी खत्री अनेसासको अध्यक्ष हुने पहिलो महिला हुन्।
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

काठमाडौं– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न २०२३ बाट पुरस्कृत गर्ने भएको छ।

अनेसास बोर्ड अफ ट्रस्टीका निवर्तमान सभापति खत्रीले साहित्यिक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो।

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउँदै आएकी खत्री अनेसासको बिओटी र केन्द्रको अध्यक्ष हुने पहिलो महिला हुन्।

साहित्य–प्रेमी रोहिणी शर्माको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ।

मार्च १०–१२ मा हुने बोस्टन साहित्य सम्मेलनमा साहित्यकार खत्रीलाई पुरस्कृत गरिनेछ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाको अध्यक्षतामा हालै बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।

प्रकाशित: Mar 09, 2023| 12:01 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।