काठमाडौं- पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डकचोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते छन्।
गए राति करिब ९ बजे वीरगन्ज–पथलैया सडकखण्डमा पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना२५प ४००३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका चालकहरूलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पतालमा पठाइएको थियो।
प्रहरीका अनुसार उपचारका क्रममा ७९३० नम्बरको मोटरसाइकलका चालक बाराको परवानीपुर गाउँपालिका–४, चैनपुरका अन्दाजी २६ वर्षीय सुरज सराफको मृत्यु भएको हो। अर्का चालकको अवस्था मध्यम रहेको प्रहरीचौकी गण्डकले जनाएको छ।