काठमाडौं- काठमाडौंबाट भैरहवा उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि काठमाडौं नै फर्काइएको छ।
बिहान साढे ९ बजे उडेको उडान नम्बर ८२१ जहाजमा ‘फायर वार्निङ’ को सङ्केत देखिएपछि त्रिभुवन विमानस्थलमा नै फर्काएर सकुशल अवतरण गराइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार जहाज उडेको केहीबेरमै इन्जिनमा आगो लागेको सङ्केत देखिएको थियो।
विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि चालकदलले उक्त विमानलाई ९ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गराएका थिए। जहाजमा ७६ जना यात्रु र चार जना चालक दलका सदस्य थिए। उनीहरू सबै सकुशल छन्।