काठमाडौं- दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा आन्दोलनको घोषणा गरको छ।
अभियानले १६ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। जसअनुसार हरेक शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्याली गरेर कोषसभा गर्ने, २४ गतेदेखि नेपाल बन्द गर्ने, देशका विभिन्न स्थानमा आमसभा र कोषणासभा गर्ने तय भएको प्रसाईँले बताए।
उनले चैत १ देखि राष्ट्रव्यापीरुपमा महाभियान गर्ने पनि जानकारी दिए।