सोमबार, असार ९, २०८२

बरुवा बन्दुक स्याङ्जाबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बुधबार बरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। 
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

स्याङ्जा- जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बुधबार बरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मीचौर घर भएका २६ वर्षीय उमेश विक रहेका छन्।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीबाट विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विकको साथबाट भरुवा वन्दुक एक नाल, सिसाको ठूलो छर्रा सात थान र सिसाको सानो छर्रा नौ थान बरामद भएको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय जयपातेबाट खटिएको प्रहरीले उमेशले गोठमा लुकाई राखेको अवस्थामा हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 09, 2023| 09:10 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्