सोमबार, असार ९, २०८२

धनगढीमा एक किशोरीमाथि सामूहिक बलात्कार

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

धनगढी- कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई मंगलबार (हिजो) मात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए।

डीएसपी चन्दका अनुसार पीडित पक्षबाट हिजो मौखिक उजुरी आउने वित्तिकै बलात्कार आरोपी दुई किशोरहरुलाई पक्राउ गरिएको हो। आरोपी पक्राउ परेपछि आज उनीहरुविरुद्ध जाहेरीसमेत दर्ता भएको डीएसपी चन्दले बताए। किशोरीको आजै स्वास्थ्य परीक्षणसमेत गरिएको छ। घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढेको डीएसपी चन्दले बताए। आरोपी नाबालक भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।

प्रकाशित: Mar 08, 2023| 20:43 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्