सोमबार, असार ९, २०८२

सप्तरीमा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गयो, एक घाइते

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

सप्तरी- सप्तरीमा बुधबार टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सप्तरीको बिष्णुपुर गाउँपालिका-१ हुलाकी राजमार्ग स्थित जमुनीमा पश्चिम बाट पूर्वतर्फ आँउदै गरेको ना ३ स ९६३० नं. को टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका-८ बिसनपुर बस्ने मो.दलिलको श्रीमती अन्दाजी ४० वर्षीया आमना खातुनकोको मृत्यु भएको हो।

टेम्पुमा सवार सप्तरीको बिष्णुपुर गाउँपालिका-६ कटिटोल बस्ने अन्दाजी ५५ वर्षीय लक्ष्मीराम सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका-३ नर्घो बस्ने अन्दाजी ४७ वर्षीय हरेराम मण्डल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: Mar 08, 2023| 20:41 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्