सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मोटरसाइकल र स्कुटर ठोक्किंदा हेटौंडामा दुई जनाको ज्यान गयो, दुई घाइते

मोटरसाइकल र स्कुटर ठोक्किंदा हेटौंडामा दुई जनाको ज्यान गयो, दुई घाइते

हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

हेटौंडा- हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा थप दुईजना घाइते भएका छन्।

हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा६४प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३-०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चारक र स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक स्कुटर चालक नुवाकोट ककनी नगरपालिका-४ की २८ वर्षीया जीना लामा रहेका छन्।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलान र बागमती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छ्न्।

प्रकाशित: Mar 08, 2023| 17:20 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्