सोमबार, असार ९, २०८२

नारायणी किनारमा एक जनाको शव भेटियो

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

पूर्वी नवलपरासी- नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर १५ स्थित बाघखोर गाउँदेखि केही तल नदी किनारमा अन्दाजी ४५ वर्षीया एक महिलाको शव भेटिएको हो।

महिलाको शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। शव धेरै दिन पुरानो भएका कारण सडेको स्थानीयहरू बताउँछन्।

जसकारण शव पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। बुधबार प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको छ। साथै घटनाबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 08, 2023| 14:59 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्