आइतबार, वैशाख २१, २०८२

सुनको मूल्य घट्दा कतिमा भइरहेको छ कारोबार?

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

Metro Mart
worldlink

काठमाडौं- सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Mar 08, 2023| 12:02 बुधबार, फागुन २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्