धनगढी- ११३औं नारी दिवसको अवसरमा कैलालीमा पत्रकार जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा योग्दान पुर्याउँदै आएका ६ जना नारी सम्मानित भएका छन्। धनगढी लेडि जेसिजले पत्रकार न्युरेसहित छ जनालाई सम्मानित गरेको हो।
सम्मानित हुनेमा अनाथालय सञ्चालन गरिरहेकी सानू चौधरी, सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी रहेका छन्। उनीहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर धनगढी उपप्रमुख कन्दकला रानाले सम्मानित गरिन्।
न्युरे वन, वातावरण र महिला क्षेत्रमा कलम चलाउँदै आएकी छन्।