मंगलबार, वैशाख १६, २०८२

आगलागीबाट रौतहटमा बालिकाको मृत्यु, तीन घर जलेर नष्ट

रौतहटको राजदेवी नगरपालिका स्थित वसन्तपुरमा आगलागीमा परी ६ महिने बालिकाको ज्यान गएको छ। आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएको छन्। 
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

Metro Mart
worldlink

रौतहट- रौतहटको राजदेवी नगरपालिका स्थित वसन्तपुरमा आगलागीमा परी ६ महिने बालिकाको ज्यान गएको छ। आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएको छन्। 

मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर (गडहिया)का भिखर राउतको खरको छाना भएको घरमा आगलागी भएको थियो। अचानक भएको आगलागीबाट घरमा  सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। राउतको घरबाट सल्किएको आगोले छिमेकीद्वय रामकिसुन साह र सुजय साहको घर जलेर नष्ट भएको थियो। 

आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी ७५ हजार तथा छिमेकीहरूको ५०-५० हजार गरी कुल एक लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। घटना लगतै गौर नगरपालिकाबाट गएको वरुण  यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: Mar 08, 2023| 09:37 बुधबार, फागुन २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।