आइतबार, असार १, २०८२

नारी जागरण आजको आवश्यकता : सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै उनले सो भनाइ राखेका हुन्। दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका महिला दिदी बहिनीहरुमा उनले शुभकामना प्रकट गरेका छन्। 

“नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन। शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो” उनले शुभकामना सन्देशमा भनेका छन्। 

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको चर्चा गर्दै सभापति देउवाले भनेका छन्, “हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो। हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो।” नेपाली कांग्रेसले सबैखाले हिंसाको अन्त्य चाहेको उनले बताएका छन्।

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरुले आफ्नो प्राणको आहुती गर्नुभएको चर्चा गर्दै सभापति देउवाले भनेका छन्, “म उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु। आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदीबहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने विश्वास छ।”

प्रकाशित: Mar 08, 2023| 07:50 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।