मंगलबार, असार १०, २०८२

लागूऔषधसहित कैलालीबाट एक जना पक्राउ

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

कैलाली- कैलालीमा लागूऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षका भरत विक पक्राउ परेका हुन्। उनको साथबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४सय २०मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रकाशित: Mar 07, 2023| 18:59 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्