मंगलबार, असार १०, २०८२

'मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिइएको छैन'

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन्।

एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्डको यस्तो बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले मुस्ताङको विषयमा चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पारे।

एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री प्रचण्डले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए। उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरू बढी जानकार रहेको आफूले सुनेको बताए।

प्रधानमन्त्री प्रचण्डले  मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताए। प्रधानमन्त्री प्रचण्डले मुस्ताङमात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरू रहेको पनि बताए।

प्रकाशित: Mar 07, 2023| 18:35 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्