मंगलबार, असार १०, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातको मृत्यु, दुईजना मृत फेला

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ शान्तिनगरमा बीएए ०८९८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय टेक बहादुर गुरुङको आइतबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका-१५ सैनिक पथमा लु.४४ प १७५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक अर्घाखाँची पाणेनी गाउँपालिका-३ घर भई रुपन्देही बुटवल उपमहानगरपालिका-४ बस्ने ४५ वर्षीय प्रेम प्रसाद गौतमको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ।

लमजुङ, सुन्दरबजार नगरपालिका-९ पैरेस्थित सडकमा ग.१ त ३०२३ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक दुधपोखरी गाउँपालिका-६ ओखरी बस्ने २१ वर्षीय जिवन परियारको मृत्यु भएको छ। ट्याक्टरले  च्यापिएर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषा, लक्ष्मीनिया गाउँपालिका-६ निकाल टोलमा ना.४ ख ९०२७ नम्बरको टिपर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा टिपर चालक सोही ठाउँ बस्ने २५ वर्षीय सर्वजीत यादबको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक  अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

सप्तरी, बोदेबर्साईन नगरपालिका-५ बर्साईन टोलमा बीआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल आनियन्त्रित भई पोलमा ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका-४ वेल्ही बस्ने ५५ वर्षीय विशो मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल  बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

पर्सा, वीरगंज महानगरपालिका-३२ टेडा चोकमा ना.६ त ७५८५ नम्बरको ट्याक्टर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय सुर्य बिकको मृत्यु  भएको छ। सोही ठाउँस्थित बिद्युतको पोलमा ठोक्किएर पोल समेत भाँचीएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेरको छ।

मोरङ, कटहरी गाउँपालिका-७ तकिया रोडमा प्र.१-०२-००१ क ३८९ नम्बरको टिपरले को.२२ प ७८२३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक ग्रामथान गाउँपालिका-६ बस्ने ३३ वर्षीय पप्पु सहनीको घटनास्थलमै मृत्यु भएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत फेला
हुम्ला, सर्केगार्ड गाउँपालिका-२ उनापानीस्थित कर्णाली नदीको किनारमा हाल नाम,  थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।  कैलाली, भजनी नगरपालिका-९ बस्ने २६ वर्षीय पारस चौधरी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

खोलाले बगाएर मृत्यु
तिला गाउँपालिका-१ स्थित तिला नदीले बगाएर सोही गाउँपालिका-६ बस्ने ४५ वर्षीया रुपकली रावतको सोमबार बिहान मृत्यु भएको छ।  

उक्त खोलामा बगिरहेको अवस्थामा फेला पारी प्रहरी चौकी रारालिहीबाट खटिएको  प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

करेन्ट लागेर मृत्यु
कपिलवस्तु नगरपालिका-६ बेल्सापुर सुपादेउराली इँटाभट्टामा काम गर्ने कैलाली  जोशिपुर गाउँपालिका-३ लकडा बस्ने ४५ वर्षीय आश बहादुर कठरियाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ। इँटाभट्टाको कम्पाउण्डभित्र रहेको नालामा लाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।
 

प्रकाशित: Mar 07, 2023| 13:05 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्