मंगलबार, असार १०, २०८२

कुटपिटबाट डोटीमा एक मजदुरको मृत्यु

डोटीमा कुटपिट गरी कैलालीका युवकको हत्या गरिएको छ।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

धनगढी- डोटीमा कुटपिट गरी कैलालीका युवकको हत्या गरिएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीमा निर्माणाधिन स्कुलको भवनमा मजदुर काम गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरिएको हो।

पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीका ३५ वर्षीय डबल सेट्टीले आइतबार कुटपिट गर्दा गम्भीर घाइते भएका साउदको उपचारको लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको डोटी प्रहरीले बताएको छ। सेट्टीलाई आइतबार राति नै प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: Mar 07, 2023| 12:11 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्