मंगलबार, असार १०, २०८२

गोदावरीका दुई युवक लागूऔषधसहित पक्राउ 

कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

धनगढी- कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरका २७ वर्षीय दिनेश नाथ र गोदावरी नगरपालिका–४ बुढितोलाका ३६ वर्षीय शेर बहादुर तामाङलाइ लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ३ सय ७० मिलिग्रामसहित सोमबार पक्राउ गरेको जनाएको छ।

प्रकाशित: Mar 07, 2023| 11:42 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्