मंगलबार, असार १०, २०८२

स्पेनमा रहेका लोकदोहोरी गायक लम्सालको निधन

लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ। लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक एवम् सर्जक लम्सालको गएराति निधन भएको हो।

उनको मृत्युबारे गायक रमेश विजीले जानकारी दिएका छन्। उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्।

लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’, ’जापान टोकियो’ जस्ता धेरै गीतहरू चर्चित छन्।

प्रकाशित: Mar 07, 2023| 09:39 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्