बिहीबार, जेठ २, २०८२

नियमित अदुवा सेवन स्वास्थ्यका लागि निकै लाभदायक

अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- अदुवा नेपाली भान्सामा नियमित मसला हो। यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइदैन। यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउने विज्ञहरू बताउँछन्।

अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ। आयुर्वेदमा यसको प्रयोगको इतिहास लामो रहेको छ।

अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्याबाट बचाउँछ। यसले जोर्नीहरू सुन्निने समस्यालाई पनि कम गर्छ। यति मात्र नभएर यसको क्यान्सर तथा मुटुरोगविरुद्ध पनि औषधीय गुण रहेको छ साथै मस्तिष्कको कार्यमा पनि यसले बुस्टरको काम गर्छ।

यस्ताछन् अदुवा सेवनका फाइदा
– शरीर सुन्निएमा चाँडो सुकाउने,
– अपच हुने समस्या हटाउँछ, 
– बिहान लाग्ने वाकवाकी हटाउँछ,
– मांशपेसीको दुखाई कम हुन्छ,
– महिनावारीको दुखाई कम गर्छ,
– कोलेस्टेरोललाई सन्तुलन गर्न मद्दत गर्छ,
– प्रतिरोधात्मक क्षमता बढाउँछ।

प्रकाशित: Mar 07, 2023| 06:10 मंगलबार, फागुन २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्