कालोपत्रेका लागि निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेपछि महुरे–राजापानी सडक अलपत्र परेको छ।
दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने महुरे–राजापानी २२ किलोमिटर सडक कालोपत्रेको ठेक्का भारत कन्ट्रक्सन/सिद्धि शाही जेभीले ४१ करोड ५० लाखमा लिएको थियो। तस्बिर : केदार मगर/रासस