आइतबार, वैशाख २१, २०८२

२ खर्ब ५ अर्बले बढ्यो बैंकमा निक्षेप

वाणिज्य बैंकहरूले पुस मसान्तसम्म १ खर्ब ८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको संघको तथ्यांक। 
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं– वाणिज्य बैंकहरूमा पुस मसान्तसम्म २ खर्ब ५ अर्बले निक्षेप बढेको नेपाल बैंकर्स संघले तथ्यांक सार्वजनिक गरेको छ। संघका अनुसार कर्जा प्रवाह भने १ खर्ब ८ अर्ब रुपैयाँ मात्रै भएको छ। संघका अनुसार निक्षेपको तुलनामा कर्जा प्रवाह कम रहेको हो। 

बैंकहरूको फागुन दोस्रो सातासम्मको तथ्यांक सार्वजनिक भइसकेको छ। तर पहिलो ६ महिनासम्मको तथ्यांक तुलना गर्दा यो वर्ष गत वर्षभन्दा कम निक्षेप र कर्जा प्रवाह भएको देखिएको छ। 

राष्ट्र बैंकले कर्जाको सीमा चालू आर्थिक वर्ष २०७९/८० का लागि १२ प्रतिशत तोके पनि अहिलेसम्म सीमाभन्दा निकै कम मात्रै कर्जा प्रवाह भएको छ। हालसम्म ४ प्रतिशत मात्रै कर्जा बैंकहरूले प्रवाह गरेका छन्।

बैंकहरूले गत आव २०७८/७९ मा पुससम्म १ खर्ब २३ अर्ब गत वर्ष निक्षेप संकलन गरेर ४ खर्ब २२ अर्ब कर्जा प्रवाह गरेका थिए। गत वर्ष वाणिज्य बैंकहरूलाई केन्द्रीय बैंकले १९ प्रतिशत कर्जा प्रवाहको सीमा तोकेको थियो।

संघको तथ्यांकअनुसार साउनमा १ खर्ब ८ अर्बले घटेको निक्षेप संकलनमा भदौदेखि सुधार भएको छ। भदौमा ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकहरूले असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९४ अर्ब र माघमा १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

Metro Mart
worldlink

बैंकहरूले साउनमा १ अर्ब ५२ करोड, भदौमा १३ अर्ब ७५ करोड, असोजमा ३० अर्ब ४ करोड कर्जा प्रवाह गरेका थिए। यस्तो कर्जा कात्तिकमा १ अर्ब २६ करोड, मंसिरमा २ अर्ब ६ करोड, पुसमा ५४ अर्ब ५४ करोड र माघमा ११ अर्ब ८२ करोड प्रवाह भएको संघको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: Mar 06, 2023| 16:19 सोमबार, फागुन २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्