आइतबार, वैशाख २१, २०८२

उद्योगी, व्यवसायीलाई लाग्यो चुनाव

महासंघको विधानमा वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधानबमोजिम हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः महासंघको आगामी कार्यसमिति अध्यक्ष चयन हुनेछन्। आगामी निर्वाचनले महासंघमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष चयन गर्नेछ। 
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं– नेपालका उद्योगी, व्यवसायीको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आगामी २८ र २९ चैतमा हुँदै छ। महासंघको साधारणसभा र निर्वाचनका लागि पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेका उद्योगी, व्यवसायी भोट माग्नैका लागि सातै प्रदेश पुगिरहेका छन्।

हालसम्म दुई प्रदेशको नेतृत्व चयन भइसकेको छ भने पाँच वटा प्रदेशमा प्रदेशस्तरीय नेतृत्वको निर्वाचन हुन बाँकी छ। 
प्रदेश निर्वाचनबाटै आफ्नो पकड स्थापित गर्ने गरी केन्द्रीय पदाधिकारीले आकांक्षा देखाएसँगै उद्योगी, व्यवसायीको व्यस्तता झनै बढेको हो। 

महासंघको विधानमा वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ। विधानबमोजिम वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः महासंघको आगामी कार्यसमिति अध्यक्ष हुनेछन्।

चैतमा हुने निर्वाचनले महासंघमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष चयन गर्नेछ। 

यस पटक वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने गरी व्यवसायी उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अन्जन श्रेष्ठले निर्वाचन केन्द्रित गतिवधिलाई तीव्रता दिएका छन्। उमेशलाल श्रेष्ठ यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए।

Metro Mart
worldlink

संघाई एसोसिएट समूहबाट र अञ्जन श्रेष्ठ वस्तुगततर्पmबाट वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका छन्।

महासंघको विधानमा वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधानबमोजिम हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः महासंघको आगामी कार्यसमिति अध्यक्ष चयन हुनेछन्। आगामी निर्वाचनले महासंघमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष चयन गर्नेछ। 

उद्योगी व्यवसायीको हकहित रक्षा र व्यवसायको वातावरण निर्माणका लागि उम्मेदवारी दिने तयारीमा रहेको उमेशलाल श्रेष्ठ बताउँछन्। यस्तै, अर्का आकांक्षी अञ्जन श्रेष्ठले विद्यमान आर्थिक संकट उद्यमी व्यवसायीका लागि अनुकूल वातावरण निर्माणलगायतका एजेन्डा बोकेर उम्मेदवारी दिने गरी देशका विभिन्न जिल्लाका उद्यामी व्यवसायीसँगको भेटघाट र छलफललाई तीव्रता दिँदै आएको जानकारी दिए।

विगतमा महासंघको निर्वाचनमा विभिन्न समूह बनाएर निर्वाचनमा जाने अभ्यास हुँदै आएको छ। महासंघले सबै प्रदेश स्तरमा निर्वाचन सम्पन्न गरिनसकेकाले पनि अहिलेसम्म त्यस्तो समूह  बनिसकेको छैन। 

कतै निर्वाचन, कतै निर्विरोध

प्रदेश अध्यक्षमा बागमती प्रदेशमा व्यवसायी दिलसुन्दर श्रेष्ठ र मधेश प्रदेशमा अशोक टेमानी निर्विरोध निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा ११ चैतमा निर्वाचन गर्ने तयारी छ भने बाँकी चार प्रदेशमा २५ चैतमा  निर्वाचन हुँदै छ।  

महासंघको एसोसिएट उपाध्यक्ष पदका लागि व्यवसायी भरत आचार्य र ज्योत्स्ना श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षका लागि व्यवसायी हेमराज ढकाल र मनीषलाल प्रधान उम्मेदवारी दिने तयारीमा छन् भने जिल्ला उपाध्यक्षमा वर्तमान कार्यसमितिकै उपाध्यक्ष दिनेश श्रेष्ठ र अरुणा सुमार्गीले चासो देखाएको बताइन्छ।

यस पटकको साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउने गरी सचिवालयले आफ्ना गतिविधिलाई केन्द्रित गरिरहेको महासंघका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिए।

महासंघले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलको संयोजकत्वमा निर्वाचन समिति नियुक्त गरिसकेको उनको भनाइ छ। 

महासंघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष र दुई पूर्वअध्यक्षसहितको आठ जनाको पदाधिकारी समूह रहन्छ। ११८ जिल्ला नगर उद्योग संघको प्रतिनिधित्व गर्दै १८ जना केन्द्रीय सदस्यले कार्यसमिति सदस्य पाउँछन् भने एसोसिएटतर्पm १९ केन्द्रीय सदस्य र वस्तुगततर्पm १२ केन्द्रीय सदस्य रहन्छन्।

दुईदेशीय संघबाट एक जना र मनोनीत पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। त्यस्तै, प्रत्येक प्रदेशस्तरबाट दुई/दुई जना गरी १४ जना केन्द्रीय सदस्य रहने प्रावधान महासंघको विधानमा छ।

महासंघले उम्मेदवारी मनोनयनका लागि वरिष्ठ उपाध्यक्षका लागि ५ लाख, उपाध्यक्षका लागि ३ लाख, कोषाध्यक्षका लागि २ लाख र केन्द्रीय सदस्यका लागि ७५ हजार मनोनयन शुल्क निर्धारण गरेको छ।

प्रकाशित: Mar 06, 2023| 11:22 सोमबार, फागुन २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्