मंगलबार, असार १०, २०८२

सप्तरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका-५  मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका-५  मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बीआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा चालक सप्तरी बलान बिहुल गाउँपालिका-४ का ५५ वर्षीय विशो मण्डलको ज्यान गएको हो।

मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका १८ वर्षीय कमलेश कुमार शर्माको भने जीवन ज्योति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Mar 06, 2023| 10:10 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्