मंगलबार, असार १०, २०८२

अन्नपूर्ण केबलकारका यात्रुलाई होली छुट

अन्नपूर्ण केबलकारले होलीको अवसर पारेर सोमबारदेखि भारी छुटको घोषणा गरेको छ।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

पोखरा- अन्नपूर्ण केबलकारले होलीको अवसर पारेर सोमबारदेखि भारी छुटको घोषणा गरेको छ। यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केबलकारले जनाएको हो।

पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ। यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केबलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जनाएका छन्।

कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सय मात्रै तिरे पुग्छ।  यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो। त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ। त्यसमा पनि अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५०मात्रै कायम गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ। विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ। 

साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडा दर तय गरिएको छ। जसमा यो समयमा यात्रा गर्ने अपाङ्गता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा ७ सय मात्रै कायम गरिएको छ।

पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केबलकारमा यात्रा गर्न सकिन्छ। केबलकारले सूर्योदर्शन सेवा तथा सूर्यास्तको अवलोकनका लागि यो सेवा प्रदान गरिएको जनाएको छ।

प्रकाशित: Mar 06, 2023| 08:44 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्