मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बिजनेशमा लगानी गरे राम्रो आम्दानी हुने भन्दै ठगी गर्ने एक जना पक्राउ

बिजनेशमा लगानी गरे राम्रो आम्दानी हुने भन्दै ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् फलो गरी साथी बनाउने र उनीहरुसँग अनलाइनमा रकम लगानी गरे दोब्बर हुन्छ भन्दै ठगी गर्ने राज रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- अनलाइन बिजनेशमा लगानी गरे राम्रो आम्दानी हुने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् फलो गरी साथी बनाउने र उनीहरुसँग अनलाइनमा रकम लगानी गरे दोब्बर हुन्छ भन्दै ठगी गर्ने राज रोकायालाई प्रहरीले पक्राउ गरेको हो।

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ का २४ वर्षीय रोकायाले इन्स्टाग्राममा साथी बनाउने र फलो गरेपछि कुराकानी गर्दै अनलाइनमा लगानी गर्न अनुरोध गर्ने गरेका थिए। यसरी लगानी गर्दा उनले ईसेवा र खल्तीजस्ता वालेटहरुमा रकम पठाउन लगाउने गरेको प्रहरीले बताएको छ। 
उक्त रकम पाउनका लागि आएको रकम वापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, एजेन्ट कमिसन, सरकारी कर लगायतका प्रयोजनमा रकम तिर्नुपर्ने भन्दै पीडितहरुलाई झुक्याएर सात लाख ७५ हजार २ सय रुपैयाँ पठाउन लगाएका थिए। 

उक्त रकम पाइसकेपछि राजले विभिन्न बाहना बनाइ रकम फिर्ता गरिरहेका थिएनन्। पीडितले प्रहरीकहाँ उजुरी दिएपछि रोकायालाई पक्राउ गरिएको हो। 

हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्दै आएका उनलाघ ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको छ। 

प्रकाशित: Mar 05, 2023| 18:50 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्