मंगलबार, असार १०, २०८२

सौराहा घुम्न आएका एक जनाको राप्ती नदीमा डुबेर ज्यान गयो

काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

चितवन- काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित बडाल पनि आएरसँगै बसेका थिए। २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा पुगेको अनुमान गरिएको छ।

उनको आइतवार दिउँसो २:३० बजे शव फेला परेको हो। उनीसँगै आएका तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

प्रकाशित: Mar 05, 2023| 18:14 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्