धनगढी- नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने भएको छ।
पार्टीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीको अध्यक्षतामा बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहाई ह्विप जारी गरेको हो।
पार्टीको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले उक्त निर्णय गरेको हो। नेकपा एससँग सुदूरपश्चिम प्रदेश सभामा चार जना सदस्य प्रदेश सांसद रहेका छन्।