बुधबार, वैशाख १७, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ओखलढुंगाको दियालेको राहुटार भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको छ। 

चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको उक्त जिप दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको ओखलढुंगा प्रहरीले जनाएको छ।

यसैगरी, धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा ट्याक्टरलाई ठक्कर दिएर मोटरसाइकल पल्टिंदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय राम इकवाल ठाकुर र पछाडि सवार ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए। महेन्द्रनगरबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको ज १ त ५२ ४५ नम्बरको ट्याक्टरको टेलरमा सोही दिशा तर्फ जाँदै गरेको ज १० प ६४ २९ नम्बरको मोटरसाइकल ठोक्किएर पल्टिएको थियो।

दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार शहिदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको छ। 

Metro Mart
worldlink

मोटरसाइकल चालक मृतक कुमारीदेवीको छोरा २८ वर्षीय उदय कुमार मण्डल घाइते भएकाले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ हिलटपमा सवारी साधनको ठक्करबाट पैदलयात्री एक पुरुषको मृत्यु भएको छ। मृतकको नाम थर वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Mar 05, 2023| 13:14 आइतबार, फागुन २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।