बुधबार, असार ११, २०८२

ओलीको आरोप- प्रचण्डले देशलाई विदेशीको खेल मैदान बनाउन खोजे

अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजेको आरोप लगाएका हुन्।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजेको आरोप लगाएका हुन्।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि अति नै खतरनाक भएको बताए।

अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज पचाएको बताए। उनले भारतलाई खुसी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति जनाए।

नेपालीहरू मारेर भए पनि विदेशीलाई खुसी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको आरोप छ । उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको बताउँदै त्यसको विरोधमा उत्रिन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताए। उनले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउने काममा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन पनि दिए । 

प्रकाशित: Mar 04, 2023| 20:21 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्