कास्की- फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो।
अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण विकले जानकारी दिए।