बुधबार, वैशाख १७, २०८२

मर्दी पदयात्रामा केन्द्रीय प्रसारण लाइनको पहुँच 

विश्वमै प्रख्यात मर्दी हिमाल पदयात्राका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आए पनि विद्युत्, इन्टरनेट र टेलिफोन सुविधाको असुविधा हटाउन प्राधिकरणले बिजुलीको नेटवर्क विस्तार गर्न लागेको हो।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

कास्की– कास्कीको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ। दशकअघिसम्म गुमनामजस्तै रहेको माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो ‘ट्रेकिङ रुट’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ।

हाल मर्दीमा क्षेत्रभरिका पर्यटक भेटिन्छन्। पर्यटकलाई सेवा दिन यहाँ सानाठूला गरी ८० होटल तथा रेस्टुरेन्ट खुलेका छन्।

बर्सेनि पर्यटक वृद्धि भए पनि पर्यटकले विद्युत्, इन्टरनेट र टेलिफोनको सुविधा पदयात्रामा पाउन सकेका छैनन्। मर्दीमा विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अझै पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्न समस्या छ।

मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ। त्यसबाट पर्यटकले हैरानी पाउने गरेका छन्। बिजुली बत्ती नहुनु मर्दीको प्रमुख समस्या हो। मर्दी क्षेत्रका पर्यटन व्यवसायी, गाउँपालिका लगायतको प्रयासपछि अब भने मर्दी पदयात्रामा प्राधिकरणले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारको तयारी गरेको छ।

मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पुर्‍याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर सम्झौताको तयारी भएको माछापुच्छ्रे–८ का वडाध्यक्ष राम गुरुङले बताए। उनले भने, ‘हामीले लामो समयदेखि मर्दीमा विद्युतीकरणका लागि माग गरेका थियौं। अहिले केन्द्रीय प्रसारण लाइनबाट बिजुली विस्तारका लागि प्राधिकरणबाट ठेक्का आह्वान भएर केही दिनमा खुल्दै छ। मर्दीको पर्यटनमा यसले ठूलो योगदान पुग्नेछ।’

Metro Mart
worldlink

विद्युत् विस्तारका लागि माछापुच्छ्रेको सिदिङ वा कालीमाटीको ट्रान्सफर्मरबाट माथिल्लो क्याम्पसम्म हाइटेन्सनमार्फत लैजाने गरी पोखरा वितरण केन्द्रले गत वर्ष अध्ययन गरे पनि काम सुरु भएको थिएन। यस वर्षको सुरुआतमै प्राधिकरणले प्राथमिकतामा राखेर काम अघि बढाएको थियो।

मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको बताए।

मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहे पनि मौसम प्रतिकूल हुँदा समस्या पर्ने गरेको थियो।
‘मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली बत्तीको थियो। बिजुली नहुँदा पर्यटकलाई चाहेजस्तो सुविधा दिन सकिएको छैन। पर्यटक बढेसँगै होटल अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन, अहिले बिजुली लैजान ठेक्का आह्वानसँगै हामी उत्साहित छौं’, पर्यटन व्यवसायी भण्डारीले भने।

मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा समस्यामा परेको पर्यटन व्यवसायीको गुनासो थियो । मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा पर्यटकलाई सेवा दिनका लागि होटल सञ्चालनमा छन्।

प्रकाशित: Mar 04, 2023| 15:20 शनिबार, फागुन २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।