आइतबार, वैशाख २१, २०८२

बिमा इजाजत नवीकरण गर्न निर्देशन

अभिकर्ताले लाइसेन्स नवीकरणमा अटेर गरेपछि प्राधिकरणले अन्तिम समय दिएको हो।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं– नेपाल बिमा प्राधिकरणले २२ फागुनभित्र अनिवार्य बिमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न निर्देशन दिएको छ। अभिकर्ताले लाइसेन्स नवीकरणमा अटेर गरेपछि प्राधिकरणले अन्तिम समय दिएको हो।

प्राधिकरणले पटक–पटक निर्देशन दिए पनि अभिकर्ताले नवीकरण गर्न अटेर गर्दै आएका छन्। बीमा ऐन, २०७९ को दफा ९१ (७) मा बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटामात्र बीमकको बिमा अभिकर्ताको इजाजतपत्र दिइने व्यवस्था छ।

उक्त व्यवस्थालाई कार्यान्वयन गर्न प्राधिकरणले सम्पूर्ण अभिकर्तालाई आफू कार्यरत संस्थामा आवश्यक कागजात पेस गर्न निर्देशन दिए पनि हालसम्म अभिकर्ताले कागजात पेस नगरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले एलएलसी वा सोभन्दामाथिको लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर कार्ड बुझाउन भनेको छ। अभिकर्तालाई २२ फागुनसम्म आवश्यक कागजात पेस गर्न प्राधिकरणले आग्रह गरेको छ।

हाल देशभर ३ लाख बिमा अभिकर्ता छन्। तोकिएको समयभित्र कागजात नबुझाए लाइसेन्स खारेज हुनेछ।

Metro Mart
worldlink

प्रकाशित: Mar 04, 2023| 12:39 शनिबार, फागुन २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्