बुधबार, असार ११, २०८२

तेल भण्डारमा आगलागी हुँदा इण्डोनेसियामा १७ जनाको मृत्यु

इण्डोनेसियाको राजधानी जाकार्तास्थित तेल भण्डारमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
 |  शनिबार, फागुन २०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २०, २०७९

काठमाडौं- इण्डोनेसियाको राजधानी जाकार्तास्थित तेल भण्डारमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। आगलागीमा परी ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। 

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सरकारी तेल डिपोमा आगलागी भएको अधिकारीले जनाएका छन्। 

उत्तरी जाकार्ताको सरकारी ऊर्जा कम्पनी पेर्तामिनाको तेल डिपोमा आगलागी भएको हो। आगलागीको कारणबारे स्पष्ट भइसकेको छैन।

प्रकाशित: Mar 04, 2023| 10:27 शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्