बुधबार, असार ११, २०८२

अर्घाखाँची र पर्सामा दुई जना मृत भेटिए

उता पर्सामा पनि एक वृद्ध मृत फेला परेका छन्। जिल्लाको जिराभवानी गाउँपालिका–१ बलवा बस्ने ६० वर्षीय नवि मियाँ स्थानीय चमरी खोलामा मृत अवस्थामा फेला परेका हुन्। 
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- शुक्रबार अर्घाखाँची र पर्सामा दुईजना मृत अवस्थामा फेला परेका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा प्युठान नौबेनीका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका छन्। निर्माणको काम गर्दै आएका पुन मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी, पर्सामा पनि एक वृद्ध मृत फेला परेका छन्। जिल्लाको जिराभवानी गाउँपालिका–१ बलवा बस्ने ६० वर्षीय नवि मियाँ स्थानीय चमरी खोलामा मृत अवस्थामा फेला परेका हुन्। 

मियाँ बुधबारदेखि घर परिवारको  सम्पर्कमा थिएनन्।  प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा  उनको शव खोलामा  फेला पारेको थियो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ।

प्रकाशित: Mar 03, 2023| 17:16 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्