बुधबार, असार ११, २०८२

मुग्लिन–पोखरा सडकको तनहुँ खण्ड राति ४ घन्टा बन्द हुने

मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगामी २९ गतेसम्म बन्द हुने भएको छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

तनहुँ– मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगामी २९ गतेसम्म बन्द हुने भएको छ। तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लित्र पोखरा सडक खण्ड (पूर्वी योजना)ले जनाएको छ।

‘१० दिनसम्म राती १२ बजे देखी बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडी मात्र उक्त सडक वारपार गरिदिनु हुन सबन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ,’ जारी सूचनामा भनिएको छ।
 

प्रकाशित: Mar 03, 2023| 09:33 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्